चिसो ह्वात्तै बढ्दा तराई मधेसका जिल्लाहरुको जनजीवन अत्यन्त प्रभावित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ४ गते।

चिसो ह्वात्तै बढ्दा तराई मधेसका जिल्लाहरुको जनजीवन अत्यन्त प्रभावित बनेको छ ।

तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।

तराई क्षेत्रमा शुक्रवारदेखि ह्वात्तै चिसो बढेर बाक्लो हुस्सु लाग्न थालेको हो । चिसो छल्न ग्रामीण भेगका स्थानीयहरु घर तथा चोक चौतारामा आगो बालेर तापिरहेका छन् । न्यानो कपडा नभएका अति विपन्न, गरिब र पिछडिएको दलित परिवार बढ्दो चिसोले कठ्याङग्रिएका छन् । मजदुर र किसानलाई दैनिक कामकाजमा निस्कन मुस्किल परिरहेको छ ।
बिहान–बेलुकाको छाक टार्न दिनहुँ अरुकोमा मजदुरी गर्न जानुपर्ने परिवारहरुको यो चिसोमा बिजोग भएको छ । विपन्न परिवारलाई चिसोबाट बचाउन जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तह तथा अन्य सरोकारवाला निकायले चासो दिएका छैनन् ।
बढ्दो चिसोले पशुपंक्षी पनि प्रभावित भएका किसानहरुले बताएका छन् । हुस्सु र शीतलहरले आलु, गोलभेँडा, तोरी, मुसुरो, चना लगायतका बालीमा प्रकोप देखिने चिन्ताले किसानहरु पिरोलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *