विराटनगरमा आगलागीमा परी एकजनाको मृत्यु, दुई जना घाइते

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,पुस ५ गते।

चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

विराटनगर–१४ र १८ को बीचमा पर्ने झटियाईमा आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तत्माको जलेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरिक्षक दीपक थापाका अनुसार चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए ।

‘राति ताप्न बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएको देखिन्छ ।’ उनले भने ‘सुतेकै क्रममा १४ वर्षीय बालक रविन दास तत्माको मृत्यु भयो ।’

३२ वर्षीय इन्दुदेवी दास तत्मा र उनको ७ वर्षीय छोरा किसनकुमार दास तत्मा जलेर घाइते भएका छन् । राजेश भने शनिबार पाहुना गएका थिए ।

घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *