अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ६ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख ४४ हजार ७४३जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७९५ जनाको मृत्यु दर्ता गरिएको छ ।