आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ७ गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ |

दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *