अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,पुस ७ गते।
मोरङ कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट अवैध लागु औषध विक्री वितरण गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र को ३५ प २२७२, को ३३ प २६६ नं. को मोटरसाईकल उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कानेपोखरी–५ का १९ वर्षीय मुस्कान चौधरी, विक्रम मगर, २२ वर्षीय पञ्चन साह, २३ वर्षीय शान्तिराम काफ्ले र २४ वर्षीय राजेश धिमाल रहेका छन् ।
नियन्त्रणमा परेका उनीहरुमाथि थप अनुसन्धान गर्ने कार्य भई रहेको छ।