मकवानपुरमा ३२ किलो लागू औषध गाँजा र कारसहित तीनजना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १९ गते।

मकवानपुर प्रहरीले गाली प्रहार गरी तीनजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत मोतिहारी पूर्वी चम्पारणका ३७ वर्षीय दिलिपकुमार सिंह, मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर र रौतहट यमुनामाई ४ का २४ वर्षीय विकाश सिंह रहेका छन् ।हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे र चुरियामाई बीच जंगलमा डीएल ३ सीए क्यु नम्बरको गाडी चेकजाँचका क्रममा लागुऔषधसहित उनिहरुलाई पक्राउ गरिएको हो ।चेकजाँच गर्ने क्रममा गाडी नरोकि भागेपछि करिब ३ किमी टाढा पुगेर २ राउण्ड गोली प्रहार गरी उनिहरुलाई पक्राउ गरिएको हो ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *