त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक टनको बुद्धको मुर्ति

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १९ गते।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक टनको बुद्धको मुर्ति निर्माण गरिएको छ। निर्माण भएको बुद्धको मूर्तिलाई शनिबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अनावरण गरेका छन्। वुटिक विमानस्थलमा रूपान्तरण गर्ने काममध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गरेको हो। प्रतिमाको माथिल्लो भागमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भनेर लेखिएको छ। यस्तो प्रतिमाले भ्रमण वर्ष २०२० मा सघाउँ पुग्ने अपेक्षा गरेको मन्त्री भट्टराईले बताए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *