१५ घन्टासम्म निरन्तर हिमपातका कारण मनाङमा सडक अवरुद्ध

अनलाईन न्युजपाटी,मनाङ,समाचारदाता, पौष १९ गते।

बदलिँदो मौसमका कारण मुलुकभर वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ।हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ ।पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो।

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले अनलाईन न्युजपाटीलाई जानकारी दिनुभयो। उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ।

‘सडकभरि दुई/तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन’, उनले भने, ‘अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस -१२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ।’अहिले मनाङको सबै भागमा हिमपात भएको छ। जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताए। हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपाया र मनाव जीवनलाई कष्टकर बनाएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *