कपिलवस्तुमा पोखरीमा डुबेको अवस्थामा शव फेला

अनलाईन न्युजपाटी,कपिलवस्तु,समाचारदाता, पौष २४ गते।

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका -४ को हुलाकी राजमार्ग नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ।अन्दाजी करिब ३० बर्षको गहुँगोरो वर्णको खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो।शव डुबेको अवस्थामा देखेपछि राजपुरका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले अनलाईन न्युजपाटीलाई जानकारी दिनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *