जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर गरे आत्महत्या

अनलाईन न्युजपाटी,जाजरकोट,समाचारदाता, पौष २७ गते।

जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । कठायत हालैमात्र डोल्पाबाट काजमा जाजरकोट आएका थिए । उनी घुमुवा प्रहरीको रुपमा कार्यरत थिए ।उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।उनले भने, ‘जिल्लाबाट इन्सपेक्टरको कमाण्डमा टोली पठाएका छौं, त्यो टोलीले छानबिन गरेपछि आत्महत्याको कारण खुल्ला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *