अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २७ गते।
भक्तपुर नगरपालिका १० मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा चार जना घाइते भएका छन् ।घाइते हुनेमा दुई प्रहरीसमेत रहेका छन् । जाजरकोटको नलगाढ नगरपालिका १ बस्ने २० वर्षीय राम बहादुर विकले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका १० घर भइ भक्तपुर नगरपालिका १० को कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकी बन्जार घाइते भएका छन् ।त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र प्रसाद यादव र प्रहरी जवान टोल बहादुर श्रेष्ठ पनि घाइते भएका छन् ।खुर्पा प्रहार गरेर भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा २ झ १८५ नम्बरको प्रहरीको सीआरभी भ्यानको सिसा फुट्नुको साथै सञ्चार बेस सेटमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।घाइते भएकी थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीको नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकी बन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।