चोरी मुद्दामा २ वर्ष देखी फरार रहेका एक अभियुक्त पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २७ गते।

चोरी मुद्दामा २ वर्ष देखी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–४ बस्ने २० वर्षीय रन्जित कुमार महतो रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।पक्राउ परेका रन्जितले २०७३ पुस १२ गते राति अन्दाजी १ बजेको समयमा धनुषाकै साविक बट्टेश्वर गा.वि.स. स्थित त्रिभुवन साहको घरबाट सोनीको कम्पनीको एल.सी.डी. टि.भी. चोरी गरी फरार भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।शुक्रबार फैसला कार्यान्वयन गर्ने शिलशिलामा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट ‘फरार अपराधी पक्राउ गर्ने अभियान‘ अन्तर्गत रन्जित लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला अदालत धनुषामा बुझाईएको प्रहरी निरीक्षक नायकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *