अनलाईन न्युजपाटी,धरान,समाचारदाता, पौष २७ गते।
धरान–१३ स्थित राखेकै ठाउँमा आज राती यात्रुवहाक बसमा आगजनी भएको छ ।माधवप्रसाद घिमिरेको को १ ख ४८७६ नं. को सागुरी बसमा आगो लागेको हो । धरान–१३ स्थित खाली ठाउँमा राखिएको गाडीमा राती ११ बजे आगो लागेको थियो । आगोले बसमा सामान्य क्षति पुगेको छ ।के भएर आगो लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको अस्थायी प्रहरी पोष्ट अमरघाटका असई सुमन दाहालले जानकारी दिए ।