सिरहाको गोलबजारमा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पौष २७ गते।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन्, जसमध्य ५ जनाको अवस्था गम्भिर रहेको छ ।
पूर्ववाट पश्चिमतर्फ गईरहेको ना.४ ख. ३४५३ नम्वरको ट्रकमा सोही दिशाबाट आईरहेको ना.६ ख. ७७३६ नम्वरको यात्रुवाहाक ठोकिंदै सडक किनारामा रहेको बरको चौतारोमा ठोकिएर बस दुर्घटना भएको हो ।काकडभिट्टाबाट दोलखाको चरिकोटको लागि गईरहेको बसको चालक निदाएर ट्रकमा ठोकिँदै बरको चौतारीमा ठोकिएपछि बसका ३५ जना यात्रिमध्ये ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।गम्भिर घाइते बसका चालक झापा मेची नगरपालीका ६ का करिव ३४ वर्षिय राजु भुजेल, दोलखा झुले गापाका ३१ वर्षीय अनुतामाङ्, जुगु गापा १ धारापानीका ४५ वर्षिय रिता क्षेत्री गोलबजारमा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर लगिएको जनाएको छ ।त्यसैगरी, दोलखा मैनाबति गापा १ गैरीमुदीका २५ वर्षिय नवराज गरी र ४० वर्षिय लिलाबहादुर गिरीलाई थप उचारको लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ । सामान्य घाइतेमध्ये १० जनाको गोलबजारस्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ । सामान्य चोट पटक लागेरका १७ जना प्राथमिक उपचार पछि गन्तव्य तर्फ गएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *