अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २६ गते।
सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । धनकुटाको चौबिसे गाउँपालिका–८ स्थित एसपीमोडमा आज टेलर पल्टिँदा सह–चालकको ज्यान गएको हो । स्काभेटर बोकेर भेडेटारबाट राजारानी तर्फ जाँदै गरेको ना.७ ख.७९१७ नम्बरको टेलर पल्टिँदा सह–चालक ३० बर्षीय राजकुमार राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।राईको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । कच्ची सडकमा घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई टेलर पल्टिँदा किचिएर राईको मृत्यु भएकोहो । घटनापछि संखुवासभाको धर्मदेवी नगरपालिका–९ का ३१ बर्षीय टेलर चालक बिन्दुराज महतलाई ईलाका प्रहरी कार्यालय राजारानीले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।