नारायणी यातायात व्यवस्था कार्यालय सवारी शाखा परिसरमा रहेको होटलमा आगलगी

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष २६ गते।

वीरगञ्ज १३ स्थित नारायणी यातायात व्यवस्था कार्यालय सवारी शाखा परिसरमा रहेको होटलमा आगालागी भएको छ । शनिबार दिउँसो उक्त चमेना गृहमा आगलागी हुँदा करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।खाना पकाउने सिलिन्डर ग्यास लिक भइ आगो लागेको र आगलागीबाट त्यहाँ भित्र रहेको खाद्यान्न, पेयपदार्थ, भाडावर्तनलगायतका सामाग्री जलेको जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।दिउँसो १ बजेर २५ मिनेटमा लागेको आगो वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रले केही समयपछि नियन्त्रणमा लिएको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *