सबैठवाबाट ७ दिन पहिला चोरी भएको मोटरसाइकल फेला

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष २७ गते।

ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका प्रहरी युनिटहरु गस्तीलाई तिब्रता दिए पछि धामाधाम चोर, अभियुक्त र अपराधीहरु पक्राउ पर्न थालेका छन । गएराती पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाबाट ७ दिन पहिला चोरी भएको मोटरसाइकल प्रहरीले फेला परेको छ ।भारतको पश्चिमी चम्पारणमा पर्ने सिक्टा निवासी सुनिल बैठाको एक हप्ता अगाडी चोरी भएकोको मोटरसाइकल सबैठवा गाउँमा फेला परेको हो। सबैठवामा  सांझ ७ बजे मोटरसाइकल व्यवारिसे अवस्थामा फेला परे पछि स्थानियहरु प्रहरीलाई खबर गरेका थिए । त्यस पछि व्यवारिसे अवस्थामा फेला परेको मोटरसाइकल प्रहरी चोकी सबैठवाले आफ्नो नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय पोखरियालाई बुझाएको थियो ।मोटरसाइकल बारे प्रहरीले अनुसन्धान गरी आज मोटरसाइकल धनी सिक्टा निवासी बैठालाई बुझाएको हो। फेला परेको बिआर ०५ ए ८५४० नम्बरको १ सय ६० सिसिको अपाची रातो रंगको मोटरसाईकलको अगाडी र पछाडी दुबै तिर रहेको नम्बर प्लेट चोरले उखेलेर फालेदिएका छन् ।चोरी भएको मोटरसाइकल सिक्टाका निवासी मोटरसाईकल धनी बैठाले पाए पछि खुशी भएका छन् । मोटरसाइकल पाएको खबर पाए पछि इलाका पहरी कार्यालय पोखरियामा बैठा पुगी मोटरसाइकलको कागज देखाउदै आफ्नो मोटरसाइकल बुझ्दै खुशी खुशि व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *