अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, पौष २८ गते।
सुनसरीको इटहरीमा दुर्घटना हुदा एक युवतीको मृत्यु भएको छ । इटहरीको जनता बस्ती नजिकै भएको दुर्घटनामा इटहरी ९ की २५ बर्षिय सुनिता कार्कीको मृत्यु भएको हो ।को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सहकारीको रकम उठाउँदै हिडेकी कार्कीलाई ठक्कर दिएको थियो । गम्भिर घाईते भएकी उनको उपचारको लागी विराटनगर लार्दै गर्दा मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थाकी कलेक्टर रहेको बताइएको छ ।