अनलाईन न्युजपाटी,मकवानपुर,समाचारदाता, पौष २८ गते।
मकवानपुरबाट प्रहरीले ३१ किलो गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार आइतबार मध्यराति हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट गाँजा बरामद भएको हो।इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले ना ६१ प २४९ नम्बरको पल्सर मोटरसाइकलबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई पछ्याउँदै गएपछि चालक जंगलतिर भागेको प्रहरीले जनाएको छ।फरार भएका ती व्यक्तिको खोजी भइरहेको छ।