अनलाईन न्युजपाटी,सर्लाही,समाचारदादाता,माघ ११ गते।
सर्लाहीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका-५ बस्ने २ वर्षीया सिसाकुमारी महतो छिन् ।शुक्रवार दिउँसो सर्लाहीको ईश्वरपुर नगरपालिका–५ नरेशखोरमाचापाकल धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर सिसाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।