अनलाइन सपिङका नाममा लाखौं ठगी गर्ने एक संगठित गिरोह मोरंगबाट पक्राउ

अनलाईन न्युजपाटी,मोरंग,समाचारदादाता,माघ १५ गते।

अनलाइन सपिङका नाममा लाखौं ठगी गर्ने एक संगठित गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा बेस्ट एप्पल स्टोर नामको अनलाइन सपिङमार्फत बहुमूल्य सामानहरु डेलिभरी गरिदिने भन्दै लाखौं रुपयाँ ठगी गर्ने गिरोहका ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ सुन्दरहरैचाका बिशाल अर्याल भनिने निरन्जप्रसाद आचार्यले बेस्टएप्लल स्टोर नामको अनलाइन कम्पनीमा नेपाली नेतृत्वकर्ता बनेर शिवजी खड्का, देवी चम्लागाई, सरिता परियार, लक्ष्मी कार्की समेतको सहयोगमा ठगी गर्दै आएका थिए । उनले भारतीय एजेन्टहरुको साँठगाँठमा सञ्चालन भएकोले कमिसन रकम भारतीय एजेन्टहरुलाई पनि पठाउने गरेको अनुसन्धानमा खुलेको छ । मोरङका एसपी विश्व अधिकारीका अनुसार गिरोहले एक वर्ष भित्र करिब एक करोड रुपैयाँ बिदेश पठाइसकेको पाइएको छ । उनिहरुले हालसम्म दुई करोड भन्दा बढी ठगी गरिसकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *