अमन समाज नेपालका नाममा अवैध रूपमा चिठ्ठाको योजना ल्याएर ठगी गर्ने गिरोह पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,माघ १५ गते।

अमन समाज नेपालका नाममा अवैध रूपमा चिठ्ठाको योजना ल्याएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।चिठ्ठाका नाममा ठगिएको उजुरी आएपछि प्रहरीले चिठ्ठा योजना सञ्चालन गर्ने कमलेशकुमार कर्ण र उनका सहयोगीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ठगी गर्ने उद्देश्यसहित कर्णको समूहले ३० किस्ता बनाई प्रत्येक किस्तामा ३ सय ८० रुपैयाँका दरले रकम संकलन गरी चिठ्ठा खोल्दै आएका थिए ।बम्पर पुरस्कार कार मोटरसाइकल राखेर मासिक रूपमा चिठ्ठा खोल्दै आएका थिए ।चिठ्ठामा फोन घडीलगायतका इलेक्ट्रोनिक्स सामान उपहार दिँदै आएका थिए ।चिठ्ठाका नाममा अबैध रूपमा रकम संकलन गरी ठगी गरेको पाइएपछि पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।उनका अनुसार अमन समाज नेपाल दर्ता भए पनि समाजका नाममा सञ्चालन हुने चिठ्ठा योजना कतै दर्ता छैन । दर्ताविना केही वर्षयता चिठ्ठा योजना सञ्चालन गर्दै आएको समूहले श्याम पार्टी प्यालेसमा महिनामा दुई पटक चिठ्ठा योजना सार्बजनिक गर्दै आएका थिए ।३ सय ८० रुपैयाँका दरले एक हजार एक सय सर्वसाधरणबाट किस्ता संकलन गर्दै आएका थिए ।अनुसन्धानका क्रममा उनीहरूले १६औं किस्तासम्म ४९ लाख रुपैयाँ संकलन गरेको देखिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।प्रहरीले रंगेली नगरपालिका–६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका– ७ बस्ने ४५ वर्षीय राजेशकुमार साह, किसनदेव साहलाई पक्राउ गरेको थियो ।अनुसन्धानका क्रममा श्रवणकुमार महतो र सूर्यनारायण महतो पनि पक्राउ परेका छन् ।उनीहरूलाई चिठ्ठासम्बन्धी ऐनअनुसार अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *