अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,माघ १५ गते।
धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। गणेशमान चारनाथ नगरपालिका-६ गोदारमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोकिएको हो। उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक-५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकमै सबार उनका ९ वर्षीय छोरा जोन साहको ज्यान जोगिएको छ। उनी घाइते भएको प्रहरीले जनाएको छ। घाइते छोरा साहलाई उपचारका लागि जनकपुरधाम ल्याएको छ। मृतक श्रीमान-श्रीमतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएर राखिएको प्रहरीले जनाएको छ। बा. ६४ प ३०४८ नम्बरको मोटरसाइकलमा विपरीत दिशाबाट आउँदै गरेको स. १ च १८५८ नम्बरको बोलेरो ठक्कर दिएको स्थानीयले जनाएको छ। ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।