लागूऔषध नाईट्राजेपाम १ सय ८७ थान सहित २ जना पक्राउ

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता,माघ १५  गते।

उदयपुरमा लागूऔषधसहित दुई जनालाई मंगलबार साँझ लालपत्ताबाट ६ बजेर १५ मिनेटमा पक्राउ गरेको छ । सिराहाको लाहानबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७३४३ नं. को विङ्गर भ्यानलाई चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित सप्तरीका २ युवा पक्राउ परेका हुन् । गाईघाट–कदमाहा सडक खण्डको सप्तरी र उदयपुरबीच सिमानाका लालपत्तास्थित प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा विङ्गरमा सवार सप्तरी खडक नगरपालिका ५ का २२ वर्षीय सुन्दर मण्डल र सोही ठाउँका १५ वर्षीय मोहम्मद फिरोज पक्राउ परेका हुन् । दुवैजना गाईघाट आउँने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जनाएको छ ।उनीहरुको साथबाट प्रहरीले १ सय ८७ थान नाईट्राजेपाम नामक ट्याब्लेट बरामद गरेको एसपी जानकारी दिए । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको एसपी मगरले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *