अनलाईन न्युजपाटी,हेटौंडा,समाचारदाता,माघ १५ गते।
हेटौंडामा प्रहरीले गोलि हानेर गाँजा तस्कर समातेको छ । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्यांगमा वडा प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिकको संयुक्त टोलीले मनहरी तर्फबाट हेटौंडा आउदैगरेको BR-06J 4458 नम्बरको भारतीय गाडीलाई चेकजाच गर्न खोज्दा नरोकी भैरवडाडा तर्फ भागेपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको थियो । पहिलो गोलि चलाउदा समेत उक्त गाडी फरार हुन थालेपछी प्रहरीले अर्को चोटी गाडीको टायरमा गोलि हानि गाडीसहित तस्करलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत मुजफरपुरका ३५ वर्षीय सञ्जित पासवान, अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुनलाई पक्राउ गरिएको राठौरले बताए।।प्रहरीले उक्त गाडीबाट सिटमुनि फल्स बटम बनाई १६ वटा पोकामा रहेको ३२ किलो गाँजा बरामद गरेको छ ।