सुनसरीको दुहवी नगरपालिकामा एक नवजात शिशुको शव फेला

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदादाता,माघ १६ गते।

सुनसरीको दुहवी नगरपालिकामा एक नवजात शिशुको शव फेला परेको छ । पूर्वी कुशाहको बाँसटोल नजिकै प्लास्टीकमा पोको पारेर फालेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।नवजात शिशुलाई कुकुरले खाएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर प्रविण कार्कीले बताए । शिशु कसले फाल्यो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *