कपिलवस्तुको कृष्णनगर नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छापा

अनलाईन न्युजपाटी,कपिलवस्तु,समाचारदादाता,माघ २५ गते।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छापा परेको छ । नगरपालिका विरुद्ध उजुरी वढदै गए पछी मन्त्रालयको एक टोलीले छापा हानेको वताईएको छ । नगरपालिकाले समपन्न गरेका योजनाहरुको विषयमा उजुरी आए पछी मन्त्रालयको ध्यानाकर्षण भएको हो । हाल मन्त्रालयका ३ सदस्यीय टोलीले फाईलहरु छानविन गरेका छन । हाल उजुरी परेका फाईलहरु केरकार गर्ने काम भई रहेको छ । उजुरी परेका फाईलको पुरा छानविन भईरहेको छ । एक हप्ता पछी प्रतिवेदन आउने छ । प्रतिवेदन आए पछी अन्य विवरण खुलाउन मिल्ने मन्त्रालयबाट खटिएका उप सचिव उद्धव रिजालले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *