अनलाईन न्युजपाटी,बाके,समाचारदादाता,फागुन ८ गते।
बाँकेको कोहलपुरबाट लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।कोहलपुर नगरपालिका १२ भरैया नजिकबाट बिहीबार दिउँसो १२ किलो लागुऔषध चरेशसहित एक युवक पक्राउ परेका हुन् ।५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले १२ किलो चरेशसहित उनीलाई पक्राउ गरेको हो ।ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर नगरपालिका १२ बस्ने ३२ वर्षिय आकाश आरसीलाई पक्राउ गर्न सफल भएको थियो ।उनीलाई आवश्यक कारबाहीका लागि ब्यूरोले इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएको छ ।