अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,फागुन १६ गते।
कैलालीबाट काठ तस्करी गर्दागर्दै जनप्रतिनिधीसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का सदस्य निरज चौधरी र स्थानीय जित चौधरीलाई ५० थान कडी ढुवानी गर्दैगर्दै सव–वन डिभिजन कार्यालय चौमालाले पक्राउ गरेको हो। सव–वन डिभिजन कार्यालयल चौमालाले उनीहरुले सालको कडी ढुवानी गर्न प्रयोग गरेको ट्याक्टर समेत नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलका अनुसार शुक्रबार बिहान ४ बजेको सयममा उनीहरुलाई जंगलबाट सव–वन डिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको टोलीले पक्राउ गरेको थियो। से२प ८९४ नम्बरको ट्याक्टरमा ढुंगा भित्र ५० थान ३/४ का सात फिट लम्बाईका ५० थान कडी ढुवानी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रमुख कडेलले बताए।