पर्साबाट तस्करीको कपडा सहित एक जना प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,चैत ५ गते।

प्रहरीले १ लाख ५० हजार मुल्य बराबरको चोरी तस्करीको कपडा सहित एक जनालाई पर्साबाट नियन्त्रणमा लिएको छ । पर्सा बहुदरमाई नगरपालिका– २ बस्ने २३ बर्षीय मुकेश साह पक्राउ परेका हुन् ।साहले कपडा लगायतका समान चोरी पैठारी गरी वीरगञ्ज–१९ बस्ने राजकुमार साह कलवारको घरमा भण्डार गरी बिक्री गर्ने गरेको दावी प्रहरीले गरेको छ । प्रहरीले कलवारकै घरमा छापामारी गरेर अवैध रुपमा भण्डार गरी राखेको कपडा र बीआर ०५ एम ३०५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।मोटरसाइकल, कपडासहित मुकेश साहलाई आवश्यक कारबाहीका लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *