अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता ,चैत्र २२गते।
नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। तिन मध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्। कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिकी ३४ वर्षीया आफन्तमा पनि कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि र बाँकि दुई जना मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या नौ पुगेको छ।