रौतहटको चन्द्रपुर नगरपालिकाको एउटा गाई फर्ममा आगलागी

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,चैत २२ गते।

चन्द्रपुर नगरपालिका-२ जुडिबेलामा रहेको काशी गाई फर्ममा शनिबार बिहान आगलागी भएको हो। विद्युत् सर्ट भएर गाई फर्ममा आगलागी भएको फर्मका संचालक नबराज उप्रेतीको भनाइ छ। आगलागीबाट एउटा घर पूरै जलेको र घरभित्र रहेको खाद्यन्न समानहरु जलेको उनले बताए। आगलागीबाट करिब ९ लाख बराबरको क्षति भएको उनको भनाइ छ। फर्ममा रहेका चारवटै गाईलाई भने जोगाउन सफल भएको संचालक उप्रेतीले जानकारी दिए। चन्द्रपुर नगरपालिकाको दमकल, प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *