कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस को र्यापिड टेष्ट गर्ने सरकारको निर्णय

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,चैत २३ गते।

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस को र्‍यापिड टेष्ट गर्ने भएको छ। मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन। कैलाली र कंचनपुरमा शनिबार तीन जनामा संक्रमण देखिएको थियो।लकडाउन लम्ब्याउने विषयमा भने शनिबारको मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहेका डा. खतिवडाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *