काठमाडौँमा पासको दुरुपयोग बढ्यो, मापसे गर्ने २१ जना कारवाही सहित १८ सयको पास खोसियो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख ०४ गते।

कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सरकारले लकडाउन जारी गरेसंगै जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका कतिपयले मदिरा सेवन गरी पासको दुरुपयोग गरेको पाइएको छ ।

लकडाउन मा मदिरा सेवन (मापसे) गरी सवारी चलाउने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैको लकडाउन सवारी पास खारेज गरिएको छ । सवारी पासको ‘आड’ मा मदिरा सेवन गरी सवारी चलाउने, पासलाई ‘सान’ र ‘शक्ति’ ठान्नेहरूको पास खोसि ,आवश्यक कारवाही भइरहेको छ।

काठमाडौँमा आजबाट लकडाउन कार्यान्वयनमा कडाई गरिएको छ, पास भएपनि विना काम घुम्न सडकमा निष्केकाहरूको पास खोस्न शुरु गरिएको छ । चालकहरूलाई सोधपुछ गरिएको छ ।
पासको दुरुपयोग गरेको अभियोगमा एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ । महाशाखाका अनुसार, लकडाउन अवधिमा आठहजार नौसय ७४ सवारी साधन कारवाहीमा परेका छन् । आजपनि हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । खाद्य सामग्री बोकेका वाहेक अन्य निजी तथा सरकारी कार, मोटरसाइकलमा सवार ब्यक्तिको विषयमा जानकारी लिने र प्रेसका सवारी साधनको हकमा पनि सोधपुछ गर्न थालिएको छ । बाक्लो सवारी चाप बढ्नुमा पासको दुरुपयोग भएको बुझाई प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *