कपिलवस्तुमा निल गाई मृत अवस्थामा फेला

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा ,कपिलवस्तु समाचारदाता, बैशाख १६गते

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ लोहोरौलामा एक निलगाई  मृत अवस्थामा फेला परेको छ । सोमबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय बहादुरगंजले सूचना पाएपछी उक्त स्थानमा जांदा  जालमा फसेको अवस्थामा निल गाई फेला परेको थियो ।

प्रहरीलाई देखेर सिकरू हरु मोटरसाइकल छोडेर भागेका थिए  र दुई वटा मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायव निरीक्षक अभय रावतले बताएका छन् । लु २५ प ५२२९ र लु २ प २३ नम्बरको मोटरसाइकल बरामद गरिएको रावतले बताए  ।

प्रहरीले मृतक निलगाई र मोटरसाइकल डिभिजन बन कार्यालय चन्द्रौटालाई बुझाएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब  निरीक्षक अभय रावतले बताएका छन् । बैशाख ८ गतेका दिन पनि जिल्लाको महराजगंज नगरपालिका वार्ड नं ९मा एउटा नीलगाई सिकार गर्न खोज्ने दुई जना शंकास्पदलाई प्रहरीले पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *