रौतहटबाट थप दुईजनामा कोरोना पुष्टि, कुल संक्रमित ५४

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख १६गते

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । नेपालमा भने कुल संक्रमित संख्या ५४ पुगेको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षिय पुरुष तथा वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतबाट आएका दुवै जनाको स्वाब नमुना परिक्षणका लागि प्रादेशीक अस्पताल जनकपुर पठाईएको थियो तर त्यहाँ नतिजा नेगेटिभ आएपछि अशंका लागेर पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पताल पठाउँदा दुवै जनाको नतिजा पोजेटिभ देखिएको अधिकृत साहले बताउनुभयो ।
देवाही गोनाही नगरपालिका १ का संक्रमित जय किसान पोलि टेकनिकल ईस्टिच्युट धरहरीको क्वारेन्टाईनमा बसिरहेका छन भने अर्का संक्रमित वृन्दावन नगरपालिका ९ का पुरुष चन्द्रपुर नगरपालिका ६ स्थित क्वारेन्टाईनमा बसेर डिस्चार्ज भई घर फर्किसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *