आगामी तिन दिन सम्म मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख २३ गते

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव,स्थानीय वायु तथा पूर्वी  भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। हाल देशको पश्चिमी भु-भागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ र वांकी भु-भागमा सामान्य बदली रहेको छ। देशको पश्चिमी भू-भागमा पूर्ण बदली र बांकि भु-भागमा सामान्य  बदली  रहनेछ।

देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा  साथै मध्य तथा पुर्वका केही  स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी भू-भागका धरै स्थानहरूमा  साथै मध्य तथा पुर्वका केही  स्थानहरुमा  मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभागले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *