अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १७ गते
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा १८५ पुरुष ४ महिला कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।
संक्रमितहरु धनुषाबाट ७ जना उमेर समुह २० -४२ बर्ष पुरुष, झापाबाट १ जना ४५ बर्षीय पुरुष, कपिलबस्तुबाट १०९ जना उमेर समुह १५ बर्ष देखि ६० बर्षका पुरुष हुनुहुन्छ।

ललितपुरबाट एक २३ बर्षीयमहिला ,महोत्तरीबाट ४ जना पुरुष उमेर समुह २५-५५ ,रौतहटबाट ६ जना पुरुष उमेर समुह १८ -४५ , सर्लाहीबाट १७ जना पुरुष उमेर समुह १६ -४० सिरहाबाट ११ जना पुरुष उमेर समुह १७-४० पुरुष हुनुहुन्छ।
सप्तरी बाट ९ जनामा १ महिला सहित ८ पुरुष जनाको उमेर समुह १८-२८, दाङ्गबाट ५ जना एक २८ बर्सिय महिला सहित ४ जना पुरुष उमेर समुह २७- ३८, बाराबाट एक जना २४ बर्सिय पुरुष ,पर्साबाट २ जना एक ६० बर्सिय महिला सहित एक १८ बर्सिय पुरुष ,दैलेखबाट १४ जना पुरुष पुरुष उमेर समुह १७-५० र संखुवासभा २ जना २३ र २२ बर्सिय पुरुष हुनुहुन्छ। यी सबै जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।