थप एक जनाको मृत्यु संगै नेपालमा कोरोनाबाट मृतकको संख्या १५ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २७  गते

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । चितवन  भरतपुर ११ का एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । चितवन भरतपुर अस्पतालमा भर्ना भएका वहा ज्वरो, निमोनिया, सुगर र प्रेसरका बिरामी पनि थिए।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले  दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *