अनलाईन न्युजपाटी कृष्णा यादव, बिरगंज समाचारदाता, साउन ४ गते
पर्सामा विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । वीरगञ्जमा आयोजित एक कार्यक्रमका बिच पर्सागढी नगरपालिकाका स्थानीय महिला र पुरुष गरी सयजना भन्दा बढीले नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रहलाद गिरीले नव प्रवेशीहरूलाई अबीर तथा फुलमाला लगाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद प्रहलाद गिरीले जनता समाजवादी पार्टी देशको तेस्रो ठुलो दल भएको बताउदै देशभरी नै जनता समाजवादी पार्टी प्रती जनलहर बढेको बताउनु भयो ।
उनले अहिलेको केपी ओलीको सरकारले नागरिकता तथा राष्ट्रीयताको मुद्दा उठाएको आड मा सरकार टिकाउने अस्त्र बाहेक अरु केही हासील नहुने ठोकुवा गर्नु भयो । सरकारले गरेको भ्रष्टाचार लुकाउन जनताको ध्यान अन्य विषय तिर मोडेर नया नया नौटंकी शुरु गरिएको उनले आरोप लगाए ।
जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा बेगम,भिमा यादव र पार्टीका नेता विन्देश्वर यादव, उपाध्यक्ष बासुदेव यादव, सुन्दर कुर्मी पर्सागढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष असलम आलम, अशोक यादव, नगर अध्यक्ष शेख खुर्सेद, जितेन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।