निषेधाज्ञा सँगै सुनसान जनकपुरधाम

अनलाईन न्युजपाटी, जनकपुरधाम,समाचारदाता, साउन २० गते

जनकपुरधाममा कोरोना संक्रमण नियन्त्रणका लागि सोमबार राती १२: ०० बजे देखि  एक साताका लागि निषधाज्ञा लगाइएको छ ।

 निषेधाज्ञाको पहिलो दिन जनकपुरधाम बजार क्षेत्र सुनसान छ । जरुरी कामले हिँडेका सर्वसाधरण बाहेक सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मी मात्रै देखिएका छन् ।

भित्रि गल्लीहरुमा भने पसल व्यवसाय खुलेका छन् भने मानिसहरुको चहलपहल पनि देखिएको छ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन नपाउने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन गर्न पाइने छैन । खादान्न ,फलफुल र तरकारी पसलहरु बिहान १२: ०० बजेसम्म मात्र संचालन गर्न पाईने छ।

निर्णयको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० संशोधन सहित दफा ३ बमोजिम कारवाही गर्ने निर्णय समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *