अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ७ गते
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।
आइतबार थप तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।
संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । आइतबार २२० महिला र ५९८ पुरुष गरी थप ८१८ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।