अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १ गते
भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजबाट ७० वर्षमा प्रवेश गरेका छन् ।
समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’