अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, असोज १५ गते
वीरगन्जको सीमा नजिक इनर्वा गाउँ बाट ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरीको टोली तथा पर्सा क्राईमको सन्युक्त टोलिले पक्राउ गरेको छ ।
नेपाल मा छोह्डा, मरिच र केराउ को खपत भन्दा हजारौं गुणा बढी आयात भयेको कारण नै तस्करी भईरहेकोले समयमा सरोकारवाला को ध्यान जान जरुरी रहेको छ।
महानगरपालिका १६ इनर्वास्थित सीमा नजिकै अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ७०००हजार बोरा हरियो केराउ पक्राउ गरेको छ ।
उक्त केराउ प्रीज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रा लि को रहेको र सो फर्म अधिकारी रुपमा परवानिपुर गोदाम रहेको प्रहरीले जनाएको छ ।
भारततर्फ तस्करी गर्ने उद्देश्यले सीमा नजिकै अवैध रुपले भण्डारण गरिएको ७०००हजार किलो हरियो केराउ नियन्त्रणमा लिई गोदाम सिल गरिएको छ।
प्रहरीले एउटा् ट्रयाक्टर पनि नियन्त्रणमा लिएको जनाएको छ। उक्त ट्याक्टरमा ४० क्विन्टल केराउ लोड गरिएको छ ।