लोकसेवा आयोगको कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक ३ गते

लोकसेवा आयोगले सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । यो सँगै आगामी कात्तिक १६ गतेबाट हुने भनिएको परीक्षा पनि प्रभावित भएको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *