वडा अध्यक्ष मिश्रा द्धारा लालपुरमा खानेपानी ट्याङ्कीको शिलान्यास

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, कार्तिक २७ गते

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा खानेपानी ट्याङ्की निर्माण योजनाको शिलान्यास भएको छ ।

बकौली गाउँमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको वडा अध्यक्ष मन्जु मिश्रले जानकारी दिनुभयो । खानेपानी ट्याङ्कीको  शिलान्यास भएपछि वडा वासी खुसी भएका छन ।

उक्त खानेपानी ट्याङकी ११ करोडको लागतमा र वडा अध्यक्ष मन्जु मिश्र र उपभोक्ता समितिका अध्यक्ष  तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केंद्रीय नेता रविदत्त मिश्रा द्धारा शिलान्यास गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *