चिनियाँ रक्षामन्त्री वेइ फेङ्ही आज नेपाल आउँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १४ गते

चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्ही आज आइतबार एकदिने भ्रमणमा काठमाडौं आउँदैछन् । शनिबार बिहान मात्र चिनियाँ सरकारले उहाँको औपचारिक भ्रमणको घोषणा गरेको थियो ।

चिनियाँ जनमुक्ति सेनाका प्रमुखसमेत रहेका रहनुभएका फेङ्ही आइतबार बिहान नेपाल आउनुहुने र आइतबारै नै नेपालबाट बंगलादेश जानुहुने बताइएको छ ।

एकदिने भ्रमणमा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सुरक्षा निकायका प्रमुखसँग भेट्ने कार्यक्रम छ । सुरक्षा निकायमा भने विशेषगरी फेङ्हीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेट्नुहुनेछ ।

केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *