अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,माघ १२ गते।
प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ ।प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ उनले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’ यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा पूर्वपश्चिम राजमार्गस्थित ढल्केबर, दक्षिणमा भारतीय सीमासम्म तथा पूर्व र पश्चिम परिक्रमा रोड रहनेछ ।सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएकाले प्रदेशसभाबाट पारित हुने सभामुख यादवले बताए । ‘सर्वसम्मत निर्णय भए पनि प्रदेशसभामा मतदान गर्नैपर्ने हुन्छ’ उनले भने, ‘पक्षमा दुई तिहाई मतदान भए मात्रै यो पारित हुन्छ ।’५ भदौमा दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता भएको छ । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनकपुर परिक्रमा मार्गसहित धनुषा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।