प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,चैत ७ गते।

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नहुने आग्रह गरेसँगै प्रदेश २ सभाको बैठक स्थगित गरिएको हो । कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको प्रदेश २ संसद् सचिवालयले जनाएको छ ।यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले दुई वटा विधेयक पेस गरेका थिए ।
उनले प्रदेश अनुसन्धान व्युरोको स्थापना, काम, कर्तव्य र अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ र प्रदेश २ को जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको विषयमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेस गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared