अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २० गते
पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको पुष्टि गरिएको हो । आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिनुभएको छ । उहाँले आफु सङ्क्रमित भएको पुष्टि भएकाले आफै क्वारेन्टाइनमा बसेको पनि बताउनुभएको छ ।
पाकिस्तानमा शुक्रबारसम्म देशभरी ११ हजार ७४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये चार हजार १०५ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
अहिले सङ्क्रमण अवस्थामै रहेकामध्ये १५३ जनाको अवस्था गम्भीर छ भने अहिलेसम्म कुल ३६१ जनाको मृत्यु भएको छ । यसअघि तीन दिन पहिलो सिन्ध प्रान्तका गभर्नर इमरान इस्माईललाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको थियो । पाकिस्तानमा सवैभन्दा धेरै सङ्क्रमण पञ्जा प्रान्तमा देखिएको छ । पञ्जावमा छ हजार २२० जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको अधिकारीहरुले जनाएका छन् ।